मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नेपालले आज अभ्यास खेल खेल्दै

बिहीबार, १९ जेठ २०७९, १० : ५०
बिहीबार, १९ जेठ २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको  नेपालले त्यहाँ रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । 

खेल नेपाली समयअनुसार राती ९:१५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा खेल हुनेछ ।  नेपाली राष्ट्रिय क्रिकेट टोली पृथु* बास्कोटाको कप्तानीमा रहेको टोलीसँग नेपालले खेल ५० ओभरको खेल खेल्नेछ । नेपाली अल स्टार्सको टोलीमा पूर्व राष्ट्रिय खेलाडी बसन्त रेग्मी पनि रहेका छन् । यस्तै नेपालले शनिबार ह्युस्टन हरिकेन्ससँग दोस्रो अभ्यास खेल खेल्ने छन् ।

सिरिजको तयारी स्वरूप नेपाली टोलीले दुई अभ्यास खेल खेल्न लागेको हो । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।  सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल अमेरिका विरुद्ध जुन ११ मा खेल्नेछ । लिग टू को अंक तालिकामा नेपाल छैटौं स्थानमा छ । नेपालले अहिलेसम्म १२ खेल खेलेर ६ जित र ६ खेलमा हार व्यहोरेको छ । नेपालको १२ अंक छ । 

*सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप