एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसीप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान
बिहीबार, १९ जेठ २०७९, १० : ४३
एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । मलेसियामा आयोजना हुने प्रतियोगिताको एसियन क्रिकेट काउन्सिलले खेल तालिका सार्वजनिक गरेको हो ।
जुन १७ बाट सुरु प्रतियोगितामा एसीसीले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । जसमा नेपाल रहेको समूह ‘बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यता समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर छन् ।
च्याम्पियनसिपमा नेपालले १७ जुनमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा जुन १८ मा कुवेतसँग खेल्नेछ । नेपालले जुन २० मा बहराइन र जुन २१ मा हङकङसँग खेल्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो