शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसीप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान

बिहीबार, १९ जेठ २०७९, १० : ४३
बिहीबार, १९ जेठ २०७९

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । मलेसियामा आयोजना हुने प्रतियोगिताको एसियन क्रिकेट काउन्सिलले खेल तालिका सार्वजनिक गरेको हो ।

जुन १७ बाट सुरु प्रतियोगितामा एसीसीले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । जसमा नेपाल रहेको समूह ‘बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यता समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर  छन् ।

च्याम्पियनसिपमा नेपालले १७ जुनमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा जुन १८ मा कुवेतसँग खेल्नेछ । नेपालले जुन २० मा बहराइन र जुन २१ मा हङकङसँग खेल्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप