पोखरीमा डुबेर बारामा दुई जनाको मृत्यु
बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घरनजिकैको पोखरीमा नुहाउन गएका जिल्लाको कलैया उपमहानगरपालिकाका एक बालकको डुबेर मृत्यु भएको छ । बुधबार कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिए।
घरबाट करिब ४/५ जना साथीहरूसँग पोखरीतर्फ निस्केको आधा घण्टामै बालक डुबेका थिए । बालकलाई स्थानीयले पोखरीबाट निकालेर उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको र उनको उपचारको क्रममा अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, कोल्हबी नगरपालिका ११ बेलावा टोल बस्ने वीरनाथ चौधरीको घरभन्दा करिब पाँच सय मिटर पश्चिममा रहेको आफ्नै पोखरीमा डुबेर मृत्यु भएको छ । घरबाट घाँस काट्न गएका उनी अबेर रातसम्म घर नआएपछि खोजी गर्ने क्रममा उनलाई उक्त पोखरीमा मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। उनको मृत्‍युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दि नेपाल डिस्टिलरिजद्वारा उखु खेती र कृषिको बृहत्तर विकासका लागि पहल
-
रोनाल्डोको ६६ औँ ह्याट्रिक
-
वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
-
हालान्डको गोल वर्षा, सिटी लगातार चौथो उपाधि नजिक
-
ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
-
नेपाली नोटमा चुच्चे नक्सा : भारतीय विदेशमन्त्रीले भने, ‘एकतर्फी निर्णयले वास्तविकता परिवर्तन हुँदैन’