आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेशसभा: एमालेको विरोध पछि १० मिनेटका लागि स्थगित

बिहीबार, १९ जेठ २०७९, ०९ : १४
बिहीबार, १९ जेठ २०७९

सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले विरोध गरेपछि बैठक स्थगित भएको हो ।

एमालेले प्रदेशका मख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईँ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको मिलेमतोमा कृषि अनुदान आफ्ना मान्छेलाई कार्यविधि विपरीत नदिएको भन्दै मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीहरूलाई दबाब दिएको तथा ३ जना कर्मचारीहरूको सरुवा समेत गरेको भन्दै विरोध गरेको हो ।

बैठक सुरु भए लगत्तै एमालेका सांसदहरूले आ–आफ्नो बेञ्चबाट उठेर विरोध जनाएका थिए । उनीहरुले सो विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । बैठकमा पार्टीको तर्फबाट सो विषयमा धारणा राख्दै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले सुशासनका कुरा गरेर नथाक्ने वर्तमान सरकारका मुख्यमन्त्रीले आफ्नै गृह जिल्लाको कृषि फर्मलाई अनुदान नदिएको भन्दै कर्मचारीहरूलाई कार्यविधि विपरीत काम गर्न दबाब दिएको र कर्मचारीले काम गर्न नमाने पछि सरुवा गरेकाले यस्तो गम्भीर प्रकृतिको विषयमा सरकारले संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । उनले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने भन्दै विरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप