शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा: सरकारको नीति तथा कार्यक्रम माथि छलफल जारी

आजै पारित गर्ने सत्तापक्षको तयारी
बिहीबार, १९ जेठ २०७९, ०८ : ४०
बिहीबार, १९ जेठ २०७९

सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज बिहान ८ बजेका लागि आह्वान गरेका थिए । आजको बैठकमा संसद्हरूले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्नेछन् भने त्यस लगत्तै सदनबाट नीति तथा कार्यक्रम पारित गर्ने सत्तारुढ दलहरूको तयारी रहेको छ ।

बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा पनि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफल भएको थियो । उक्त बैठकमा प्रदेशसभाका २० जना संसद्ले सरकारको नीति तथा कार्यक्रम माथि धारणा राखेका थिए । बैठकमा सत्तारुढ गठबन्धनका ७ जना, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका ८ जना, विवेकशील साझा पार्टीका २ जना, राप्रपाका २ र नेमकिपाका १ जना सांसदले सरकारको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राखेका थिए ।

बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका सांसदहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागत योग्य रहेको बताएका थिए । उनीहरुले सरकार समृद्ध बागमती प्रदेश स्थापना गर्न सक्रिय रहेको बताएका थिए ।

त्यसैगरी प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै सरकार चुनावी एजेण्डा बाँड्न सक्रिय रहेको बताएका थिए । संसद्मा आफ्नो धारणा राख्दै एमालेका अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, केशवराज पाण्डे, अरुण नेपाल लगायतले सरकार जनहितकारी नभएको र सरकार आफ्ना कार्यकर्ता पोस्न ऐन विपरीतका योजनाहरू ल्याउन सक्रिय रहेको उनीहरुले आरोप लगाएका थिए । उनीहरुले विगतमा जस्तै सरकारले ऐन विपरीत चुनावी एजेण्डाका रूपमा टुक्रे योजनाहरू ल्याउने प्रकृतिको नीति तथा कार्यक्रम ल्याएको सरकार माथि आरोप लगाएका थिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप