शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

युक्रेन विश्वकपको प्ले अफमा

बिहीबार, १९ जेठ २०७९, ०८ : १५
बिहीबार, १९ जेठ २०७९

स्कटल्यान्डलाई ३–१ ले हराउँदै  युक्रेन कतार विश्वकप अन्तर्गत युरोपेली छनोटको प्ले अफको फाइनलमा प्रवेश गरेको छ । अब, युक्रेनले विश्वकपमा स्थान बनाउन फाइनल प्ले अफमा वेल्सको सामना गर्नेछ । यो खेल आइतबार राति कार्डिफमा हुनेछ ।

स्कटल्यान्डको हाम्पडेन पार्कमा  युक्रेनको जितमा एन्ड्री यार्माेलेन्को, रोमन यारेमचुक र अर्टि डोभ्यकले गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रेगरले एक गोल फर्काए । यो खेल गत मार्चमै हुनुपर्ने भए पनि रसियाले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि खेल स्थगित भएको थियो ।

कतार विश्वकपका लागि हालसम्म २९ राष्ट्र छनोट भइसकेका छन् । अन्तर महादेशीय छनोटबाट  अब वेल्स र युक्रेन, अस्ट्रेलियाविरुद्ध पेरु तथा कोस्टा रिका र न्युजिल्यान्डमध्येबाट ३ राष्ट्र छनोट हुन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप