शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस् !

बिहीबार, १९ जेठ २०७९, ०७ : १६
बिहीबार, १९ जेठ २०७९

पेट्रोलियम पदार्थ महँगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरू आउन थालेका छन् । यसै सन्दर्भमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईको गोजीमा कति छ ?’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको छ । 

यस अनुसार कम्पनीले ‘१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस् ’ भनेको छ । १० हजार रुपैयाँमा मा फाइनान्सका साथ उपलब्ध हुनेछ । यसका लागि फाइनान्स पार्टनरको रूपमा ललितपुरको लगनखेलमा अवस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाले ग्राहकलाई आवश्यक फाइनान्स सुविधा उपलब्ध गराउने बताइएको छ, ग्राहकलाई १२ ,१८र  २४  महिना सम्मका लागि फाइनान्स सुविधा उपलब्ध हुनेछ । यो स्किममा सम्मिलित हुनका लागि फाइनान्सले मागेका डकुमेन्टहरू उपलब्ध गराउनु पर्नेछ । नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप