बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सात सय असहाय अफगानीलाई खाद्यान्न सहयोग

बुधबार, १८ जेठ २०७९, २२ : ३५
बुधबार, १८ जेठ २०७९

चरम खाद्यान्न अभाव झेलिरहेका अफगानिस्तानका सातसय परिवारले खाद्यान्न सहयोग प्राप्त गरेका छन् । प्रत्येक परिवारलाई ५० केजी गहुँ र त्यति नै परिमाणको चामल वितरण गरिएको विपद् व्यवस्थापन तथा मानवीय मामिला मन्त्रालयका अधिकृत मौलवी जान मोहम्मद सायकले बताए ।

असहाय परिवार, बाढी प्रभावित र विस्थापितलाई खाद्यान्न वितरण गरिएको उनले जनाए । अफगानिस्तानलाई कठिन अवस्थामा  सहयोग गर्ने चीन, काजाकिस्तानलगायत दातृराष्ट्र एवं निकायप्रति उनले आभार व्यक्त गरे ।  छिमेकी चीन र काजाकिस्तानबाट प्राप्त खाद्यान्न वितरण गरिएको हो ।

आफ्नो चार सदस्यीय परिवारको भरणपोषण गर्दै आएका निक मोहम्मदले गहुँ र चामल पाएकामा खुशी व्यक्त गर्दै खाताहरूप्रति कृतज्ञता व्यक्त गरे । उनले स्थानीय बजारमा आधारभूत आवश्यकता पूरा गर्ने सामग्रीको भाउ बुझ्न पत्रकारहरूलाई आग्रह पनि गरे । देशको कमजोर अर्थतन्त्रले आफ्नो जीवन तहसनहस बनाएकामा उनले दुःख व्यक्त गरे । 

तीन करोड ५० लाख जनसङ्ख्या भएको अफगानिस्तानमा दुई करोड २० लाखभन्दा बढीले कठोर खाद्य अभावको सामना गरिरहेका छन् । सहायता एजेन्सीहरूका अनुसार युद्धबाट तहसनहस भएको अफगानीस्तानमा मानवीय सहायता नगरे विपत्तिमा पर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप