कपिलवस्तुमा विद्युत् ट्रान्सफर्मर चोरी
बुधबार, १८ जेठ २०७९, २२ : २०
कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ मा एक हप्ताभित्र दुई वटा ट्रान्सफर्मर चोरी भएको छ । बहादुरगञ्ज नजिकको गाउँका सिँचाइ ट्युबवेलका लागि जडान गरिएका ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी भएको हो ।
गत शनिबार देवान गढिया गाउँको पूर्वमा रहेको ट्युबवेलको ट्रान्सफर्मर चोरी भएको छ भने तीन दिनपछि मङ्गलबार राति डगरमरवा गाउँमा रहेको ट्युबवेलको ट्रान्सफर्मर चोरी भएको छ । हप्ता दिनमै बोरिङ सिँचाइका लागि लगाइएको ट्रान्सफर्मर चोरी हुँदा स्थानीयहरू चिन्तित भएका छन् ।
चोरी भएको जानकारी आए पनि कसले चोरेको विषयमा अनुसन्धान भइरहेको विद्युत् प्राधिकरण कृष्णनगरका प्रमुख करम आलम खाँले बताए । ट्रान्सफर्मर चोरी सम्बन्धमा इलाका प्रहरी कार्यालय बहादुरगञ्जले रातिको समयमा गस्ती गरिरहेको प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि