शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

एन्फा निर्वाचन : मताधिकार पाएका चार जनाको नाम कटौती

बुधबार, १८ जेठ २०७९, २१ : ५७
बुधबार, १८ जेठ २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुन लागेको निर्वाचनका लागि गठित निर्वाचन समितिले चार भोट कटौती गरेको छ । एन्फा निर्वाचन समितिले आज साँझ प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा ८१ जनाले मात्र मताधिकार पाउने भएका छन् ।  

यसअघि दुई जिल्ला पनि मताधिकारबाट बञ्चित भएका थिए । बुधबार चार जनाको नाम दाबी विरोधपछि अयोग्य ठहर गरिएको छ । मतदाता नामावलीमाथि परेको उजुरीका आधारमा निर्वाचन समितिले सिराहा, फ्रेन्ड्स क्लब, सरस्वती क्लब र महिला संघको भोट कटौती गरेको हो । 

उजुरीको आधारमा छानविन गर्दा सिरहाका प्रवीण यादव, फ्रेन्ड्स क्लबका दिपक थापा, सरस्वती क्लबका उत्तम भण्डारी र महिला संघकी पेमा डोल्मा लामाको भोट कटौती गरेको निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप