बलात्कारको आरोपमा तीन जना पक्राउ

लुम्बिनी प्रदेशमा बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बुधबार बलात्कारको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बर्दियामा दुई जना र पाल्पामा एक गरी तीन जना बलात्कारको आरोपमा पक्राउ गरेका हुन् । प्रहरीले बर्दियाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही जिल्लाको मधुवन नगरपालिका –३ बस्ने ४४ वर्षीय कृष्णबहादुर कामीलाई पक्राउ गरेको जनाएको छ । उनले बालिकालाई सोमबार बलात्कार गरेको आरोप लगेको छ ।
यस्तै सोही ठाउँका ६१ बर्षीय दुखवा थारुले १२ वर्षीया बालिकालाई यौन दुव्यर्वहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै पाल्पाकी १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा तिनाउ गाउँपालिका–५ बस्ने ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । क्षेत्रीले मंगलबार साँझ सोही गाउँपालिका–३ सिद्धबाबास्थित पावर हाउसको प्रतीक्षालय नजिक किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी