बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बजेटले एनआरएनएका माग सम्बोधन गरेको छ :  अध्यक्ष कुँवर

बुधबार, १८ जेठ २०७९, २१ : २७
बुधबार, १८ जेठ २०७९

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरले सरकारले पेस गरेको बजेटले एनआरएनएको लगानी स्वदेशमा भित्र्याउने वातावरण बनाउन खोजेको बताए । उनले बजेट स्वागतयोग्य भएको बताउँदै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

बुधबार संवाद डबलीले गरेको ‘अर्थतन्त्र र बजेट’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै कुँवरले परनिर्भरता बढ्दै गएको नेपाली अर्थतन्त्रलाई बजेटले आत्मनिर्भरतातिर डोर्‍याउने प्रयास गरेको बताए । बढ्दो व्यापार घाटा कम गर्न बजेटले कृषिलाई प्राथमिकता र विदेशी लगानी दुई करोडमा झारेर लगानीमैत्री वातावरण बनाएको बताए । उनले एनआरएनएका माग र सुझाव बजेटले सम्बोधन गरेको बताए । 

लामो समयदेखि दक्षिण कोरियामा व्यवसाय गर्दै आएका कुँवरले बजेटले विश्वका ८० देशमा छरिएर बसेका नेपालीलाई नेपालमै लगानी गर्ने वातावरण बनाउन संघको माग रहेको बताउँदै बजेटले सम्बोधन गर्ने प्रयास गरेको बताए । उनले विदेशमा कमाएको रकम र सीपलाई नेपालमै लगाउने वातावरण बनाउन आवश्यक रहेको बताए ।

अध्यक्ष कुँवरले वैदेशिक लगानी भित्र्याउन वान डोर नीति आवश्यक भएको बताए । नेपालमा डकुमेन्टमा समस्या भएको बताउँदै भने, “गैर आवासीय संघका साथीहरूले लगानी गर्ने भनेर नेपाल आउँछन् तर डकुमेन्टमा निकै झन्झट छ, त्यो पार गर्न नसकेर लगानी फिर्ता हुने गरेको छ । सरकारले अब वान डोर पोलिसी बनाउनुपर्छ ।” उनले विदेशीलाई पाँच करोडबाट दुई करोड लगानी गर्न पाउने कुरा बजेटमा समेटिनु सकारात्मक कुरा भएको बताउँदै विदेशी लगानी बढ्न अपेक्षा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप