मिथिल र विदुरलाई हरितारा चलचित्र पुरस्कार

हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, फिल्मर्की चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान एकसाथ प्रदान गरेको छ । परिवर्तन नेपालले एकसाथ बुधबार राजधानीमा एक कार्यक्रमका बीच पुरस्कार सम्मान बाँडेको हो ।
कार्यक्रममा वर्ष २०७७/०७८ को हरितारा चलचित्र पुरस्कार क्रमशः अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई प्रदान गरियो । अभिनेत्री शर्मालाई कलाकारिताको योगदान र गिरीलाई पत्रकारिताको योगदानको कदर गर्दै पुरस्कार दिइएको हो । पुरस्कारको राशि जनही २५ हजार रुपियाँ रहेको छ । २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले पति हरि शम्सेरसमेतको नाममा अक्षय कोष खडा गरी स्थापना गरेको हरितारा चलचित्र पुरस्कार फिल्म क्षेत्रकै पहिलो पुरस्कार हो ।
त्यस्तै, गीतकार, लेखक, निर्देशक तथा सस्कृतिकविद स्वः चेतन कार्कीको स्मृतिमा यसैबाट स्थापित चेतन कार्की स्मृति पुरस्कार ११ हजार एक सय ११ रूपियाँसहित लेखक निर्देशक अभिनेता देशभक्त खनाललाई प्रदान गरिएको छ भने परिवर्तन पत्रकारिता विशेष सम्मान सञ्चारकर्मी दिनेश सिटौलालाई दिइयो । परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौलाले आफ्ना माता पिता श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार २०७७ र २०७८ सालका लागि क्रमशः अभिनेता विनोद श्रेष्ठ र प्राविधिक मनोज केसीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रुपियाँ रहेको छ ।
कार्यक्रममा फिल्म क्षेत्रमा विशेष योगदान पु¥याएवापत निर्देशक मदन घिमिरे, निर्माता–निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, निर्देशक जनक खकुरेललगायत परिवर्तन सम्मानबाट सम्मानित भए । कार्यक्रममा हरितारा चलचित्र पुरस्कारकी संरक्षक मालिका राना, फिल्मकर्मी चेतन कार्कीको धर्मपत्नी गंगा कार्की, समाजसेवी शाबित्री कोइराला, नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द थापा, अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर, रेखा थापा, दीपाश्री निरौला, रेजिना उप्रेती, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, फिल्म निर्देशक सम्झना उप्रेती रौनियार र आयोजक संस्था परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाले पुरस्कार र सम्मान प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान ‘तनाव’ कम गर्न नेपालले खेल्न सक्छ यस्तो भूमिका
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु