शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको नेपाल समूह ‘बी’ मा

बुधबार, १८ जेठ २०७९, २१ : १६
बुधबार, १८ जेठ २०७९

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा समूह ‘बी’ मा परेको छ । एसियन क्रिकेट काउन्सिलले बुधबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘बी’ मा परेको हो । 

मलेसियामा आयोजना हुने च्याम्पियनसिप जुन १७ बाट सुरु हुनेछ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ’ए’  मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् । नेपाली टोलीले केही दिनमा नै प्रशिक्षण थाल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप