पोखरामा दुई जनाको मृत्यु, हत्याको आशंका
बुधबार, १८ जेठ २०७९, २१ : १४
पोखराको सिर्जना चोकमा आमा र बच्चा मृत फेला परेका छन् । घटनाको प्रकृति हेर्दा बच्चाको हत्यापछि आमाले आत्महत्या गरेको देखिन्छ । यद्यपि यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
भारत घर भएकी ती महिलाले चितवनका पुरुषसँग विवाह गरेर पोखरा बसोबास गर्दै आएको बुझिएको छ । श्रीमान् घरमा नभएको बेला घटना भएकोले अहिले नै कारण नखुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
‘दुवै हत्या भएको पनि हुन सक्छ । वा बच्चाको हत्या र आमाको आत्महत्या पनि हुन सक्छ । जाहेरी परेको छ । हामी खोजी गर्दैछौं,’ उनले भने, ‘प्रारम्भिक अवस्थामा अहिले व्याख्या गर्न मिल्ने स्थिति छैन ।’ बच्चा भने कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी