बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

त्रियुगाका जनप्रतिनिधिहरुले लिए सपथ

बुधबार, १८ जेठ २०७९, २१ : ०९
बुधबार, १८ जेठ २०७९

उदयपुरको त्रियुगा नगरपालिकाका सबै जनप्रतिनिधिहरुले सपथ लिएका छन् । बुधबार नवनिर्वाचित नगर प्रमुख बसन्तकुमार बस्नेतसहितका वडाअध्यक्ष तथा सदस्यहरु सबैले सपथ लिएका हुन् । 

नगर प्रमुख वस्नेतले बोक्सेस्थित कर्मचारी मिलन केन्द्रमा सपथ लिए भने नगर उपप्रमुख महेश्वरी राई लगायत वडाअध्यक्ष सदस्यहरुले त्रियुगा नमुना माध्यामिक बिद्यालय गाईघाटको प्रांगणमा सपथ लिए ।

बस्नेतलाई उदयपुर जिल्ला अदालतका न्यायधिशले सपथ खुवाए भने उपप्रमुख वडाअध्यक्षहरुलाई भने नगर प्रमुख बस्नेतले सपथ खुवाए ।

त्रियुगा नगरपालिकाका ८१ जना जनप्रतिनिधिहरुलाई नगर प्रमुख बस्नेतले सपथ खुवाए । सपथसँगै जनप्रतिनिधिहरु सबैलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पत्र समेत वितरण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप