रोहितलाई इन्डोनेसियामा समर्थकको भव्य स्वागत

पर्सिक कदिरी एफसीसँग अनुबन्ध भएसँगै इन्डोनेसिया पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दलाई क्लबका समर्थकले भव्य स्वागत गरेका छन् । बुधबार जाकर्ता पुगेका रोहितलाई समर्थकले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । यस्तै मैदानमा समेत रोहितलाई समर्थकले स्वागत गरेका थिए ।
यसअघि पाँच वर्ष पर्सिजा जाकर्तामा बिताएका रोहित पर्सिक कदिरी पुगेका थिए । त्यसयता उनी पहिलो पटक इन्डोनेसिया पुगेका हुन् । सन् २०१७ मा दोस्रोपटक पर्सिजासँग अनुबन्ध भएका रोहितले क्लबबाट चार उपाधि जित्दै कुल १ सय ४५ खेल खेल्दै १० गोल गरेर ११ गोलमा एसिस्ट प्रदान गरेका थिए ।
रोहितको उत्कृष्ट प्रदर्शनको मद्दतमा पर्सिजाले सन् २०१८ मा लिगको उपाधि पनि उचालेको थियो । उक्त सिजन रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । रोहितका दाइ रवीन्द्र चन्दका अनुसार रोहितलाई क्लबले एक वर्षको लागि सम्झौता गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न