बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची, पेट्रोलको बढ्दा अन्यको घटेर आयो

बुधबार, १८ जेठ २०७९, २० : १६
बुधबार, १८ जेठ २०७९

नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले  इन्धनको नयाँ मूल्य सूची पठाएको छ । निगमलाई बुधबार आईओसीले इन्धनको नयाँ मूल्य सूची पठाएको हो ।

निगमका अनुसार  पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने ग्यास र हवाइ इन्धनमा घटेर आएको जनाएको छ ।  निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । यस्तै डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँले घटेको छ ।

यस्तै हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ । नयाँ मूल्य पछि पनि निगमलाई मासिक घाटा ६ अर्ब १५ रुपैयाँ पुग्ने पनि निगमले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप