आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तिलोत्तमाको कार्यपालिकामा एमाले विजयी

बुधबार, १८ जेठ २०७९, १९ : ३३
बुधबार, १८ जेठ २०७९

तिलोत्तमा नगरपालिकाको नगरकार्यपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । बुधबार तिलोत्तमामा भएको कार्यपालिका निर्वाचनमा आठै जना सदस्य एमालेबाट विजयी छन् ।

एमालेले तिलोत्तमा नगरपालिकाका १७ वटा वडामध्ये ८ वटामा विजय हासिल गरेको थियो । नेपाली काँग्रेसले ९ वटा वडा जितेको थियो । कुल ८७ पदमध्ये एमाले ४५ पदमा विजयी भएको थियो । 

बुधबार भएको कार्यपालिका सदस्यको निर्वाचनबाट महिला सदस्यमा तारा सुनार, राधा शाही, देवकी थारु र सावित्रा आचार्य, दलित तथा अल्पसंख्यकबाट सुरेन्द्र श्री, रवि सेन्चुरी, नरबहादुर छन्तेल तथा अन्यबाट लक्ष्मण घिमिरे निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप