बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

होटलमा प्लास्टिकजन्य सामानको प्रयोग कम गरिने

बुधबार, १८ जेठ २०७९, १९ : ०८
बुधबार, १८ जेठ २०७९

होटल संघ नेपालले सदस्य होटलका कोठामा कमभन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्रीहरू प्रयोग नहोस् भन्ने अभियान घोषणा गरेको छ  । 

विश्वलाई नै आक्रान्त बनाउँदै गएको जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्वमाझ प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले होटल संघ नेपालले आफ्ना सदस्य होटलहरुको कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरूलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो ।

संघले आफ्ना क्षेत्रीय संघका अध्यक्षहरू र कार्यकारी समितिका सदस्यहरूसँग एक कार्यशाला आयोजना गरेर वैकल्पिक उत्पादनहरू प्रदर्शन गरी सचेतना फैलाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । अहिले विभिन्न बुकिङ माध्यम जस्तै बुकिङ डट कमले प्रकाशित गरेको रिपोर्टमा ६८ प्रतिशत पाहुनाहरू पर्यावरणमैत्री होटलहरु पर्यटकले रुचाउने गरेको देखिन्छ भने झन्डै विश्वव्यापी रूपमा ८७ प्रतिशत पर्यटकहरू दिगो यात्राका लागि तयार रहेको देखिन्छन् ।

एक पटक प्रयोग हुने वा डिस्पोजेबल प्लास्टिक, तिनीहरूलाई फ्याँक्नु अघि एक पटक मात्र प्रयोग गरिन्छ । यी वस्तुहरू प्लास्टिकको झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोतलहरू र प्याकेजिङ जस्ता वस्तुहरू मुख्य रहेका छन् । आँकडा अनुसार हरेक वर्ष करिब ३ सय मिलियन टन प्लास्टिक उत्पादन हुन्छ भने यसको आधा मात्र डिस्पोजेबल हुने देखिन्छ । 

होटलका कोठामा प्रयोग हुने  प्लास्टिकजन्य वस्तुहरूलाई न्यूनीकरण गरी विश्वव्यापी रूपमा हरित आतिथ्यमा उद्योगको परिकल्पना गरिएको छ । यसलाई निरन्तरता दिँदै होटल संघ नेपालले वातावरणीय दिगोपनाका लागि होटेलका कोठाहरूमा एकल प्रयोग हुने प्लास्टिक वस्तुहरूको विकल्प खोजेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप