बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एमालेसँग सहकार्य हुन्छ : अध्यक्ष थापा

बुधबार, १८ जेठ २०७९, १८ : ५९
बुधबार, १८ जेठ २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्ने सम्भावना बलियो रहेको बताएका हुन् ।

उनले मंसिरमा हुने निर्वाचनमा राप्रपा नेपालले एमालेसँग तालमेल गर्नेबारे कार्यकर्ताहरु माझ प्रष्ट पारे । अध्यक्ष थापाले हालै सम्पन्न निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसके पनि संसदीय निर्वाचनमा राप्रपा नेपाल र नेकपा एमालेले धेरै सिट जित्ने बताए । उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई एमालेसँगको गठबन्धनमा जुट्न निर्देशनसमेत दिए ।

अध्यक्ष थापाले ७० वर्ष अघि नेपाली काँग्रेसले पनि राजसंस्थालाई आत्मसाथ गरेको र केही दशक अघिसम्म कम्युनिस्ट पार्टीले पनि राजसंस्थालाई आत्मसाथ गरेको तर समय सापेक्ष परिवर्तन भएको बताउँदै आफूहरु पनि परिवर्तन भएको स्पष्ट पारे । उनले पार्टीलाई जिवन्त राख्न र अघि बढाउन समय सापेक्ष परिवर्तन आउनुपर्ने बताउँदै राजसंस्थालाई त्यागेको प्रष्ट पारे ।

अध्यक्ष थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर मात्र देशको विकास गर्न सकिने बताउँदै आफ्नो पार्टीले उक्त काम गर्ने बताए । समृद्ध नेपाल निर्माण गर्न सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर मात्र देश विकास गर्न सकिने थापाको भनाइ छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप