एनएमबिद्वारा एसएनभीको सहयोगमा ५ हजार ७२८ थान चुल्हो वितरण
बुधबार, १८ जेठ २०७९, १८ : ५४

एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन (एसएनभी) को रिजल्ट बेस्ड फाइनान्सिङ परियोजना अन्तर्गत ५ हजार ७२८ सुधारिएको चुल्हो वितरण गरेको छ । परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामीण भेगका जनताहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ एसएनभीसँग बैंकले सहकार्य गरेर सुदूरपश्चिम र कर्णालीका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुल्होहरू वितरण गरेको हो ।
बैंकले परियोजनासँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रूपमा काम गरेको थियो । बैंकको लघुवित्त विभागले एसएनभीसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ भने यस परियोजनाको साथसाथै अन्य विभिन्न परियोजनाहरूसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी