शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘बजेट स्वागतयोग्य छ, कार्यान्वयन भए नेपाललाई आत्मनिर्भरतातिर डोर्याउँछ’

बुधबार, १८ जेठ २०७९, १८ : ४३
बुधबार, १८ जेठ २०७९

सरकारले संसदमा पेश गरेको बजेटले हरेक क्षेत्रलाई सम्बोधन गरेको बताउँदै सरोकारवालाहरूले स्वागतयोग्य रहेको बताएका छन् । उनीहरुले बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

संवाद डबलीले बुधबार आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र बजेट’ बारे कार्यक्रममा बोल्दै पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले बजेट विगतको भन्दा तुलनात्मक रुपमा जनताको जीवनसँग जोडिन खोजेको बताए । नेपालको वार्षिक बजेटभन्दा बढी व्यापार घाटा हुने अवस्था सिर्जना भएको बताउँदै उनले बजेटले त्यसलाई घटाउने प्रयास गरेको बताए ।

नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो भइसकेको बजारमा हल्ला भएजस्तो संकट नआएको बताउँदै क्षेत्रीले नेपाली अर्थतन्त्रलाई बजेट चलायमान गरेको बताए ।  कार्यक्रममा बोल्दै क्षेत्रीले वृद्धभत्ता राज्यले  सहयोग आवश्यक भएका जेष्ठ नागरिकले मात्रै लिने उद्देश्यसहित ६८ वर्षमा उपलब्ध गराउने बजेटमा घोषणा आएको बताए ।  

त्यस्तै, गैर आवाशीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरले सरकारले पेश गरेको बजेटलाई स्वागतयोग्य भएको बताएका छन् । कुँवरले परनिर्भता बढ्दै गएको नेपाली अर्थतन्त्रलाई बजेटले आत्मनिर्भरतातिर डोर्याउने प्रयास गरेको बताए । बजेटले विश्वका ८० देशमा छरिएर बसेका नेपालीलाई नेपालमै लगानी गर्ने वातावरण बनाउन संघको माग रहेको बताउँदै बजेटले सम्बोधन गर्ने प्रयास गरेको बताए । उनले विदेशमा कमाएको रकम र सीपलाई नेपालमै लगाउने वातावरण बनाउन आवश्यक रहेको बताए ।
 
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा राजस्व कर तथा राजस्व समितिका सभापति संदिप अग्रवालले सरकारले संसदमा पेश गरेको आगामी वर्षको बजेटले निजी क्षेत्र उत्साहित भएको बताएका छन् । बजेटले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने प्रयास गर्नुको साथै यसका कमीकमजोरीलाई केलाएको बताए । अग्रवालले निजी क्षेत्रले उदारो संकलन गर्न नसकेको बताउँदै नीति आवश्यक रहेको बताए । राजस्व न्याधिकरण सम्बन्धी नीति खुकुलो बनाउन पनि महासंघको माग रहेको अग्रवालले बताए । राजस्व संकलनमा पनि सरकारले महत्वाकांक्षी योजना ल्याएको बताउँदै अग्रवालले बजेट पूर्ण कार्यान्वयनको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप