माओवादी जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न नारायणकाजीको निर्देशन
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिले आफ्नो सम्पति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन्। पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टीका सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गरेर पारदर्शिता देखाउनुपर्ने बताए ।
‘स्थानीय तहका सबै जनप्रतिनिधिहरुले सरकारी नियम र कानुनमा छ कि छैन थाहा छैन तर सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गर्नुपर्छ’ श्रेष्ठले भने, ‘कानुनले २ महिना भनेको छ भने एक महिनामै सम्पति सार्वजनिक गरौं । हरेक ६ महिना वा एक वर्षमा सम्पति कति हुन्छ त्यो पनि सार्वजनिक गरौं ।’ सम्पति सार्वजनिक गर्ने बेलामा अन्त पनि छ भन्ने सुन्न नपाइयोस् भन्दै उनले पारदर्शी बन्न निर्देशन दिए ।
‘सोभियत रुसमा क्रान्तिपछि व्यक्तिको नाममा कसैको सम्पति थिएन । नोकरशाहहरूले अर्कैको नाममा सम्पति राखे । त्यसैले व्यक्तिको नाममा दर्ता नहुनु मात्रै सम्पतिको मालिक नहुने भन्ने हुँदैन’ श्रेष्ठले भने, ‘त्यसैले जनप्रतिनिधि र उनका आफन्त कसैको नाममा सम्पति हुनुभएन । आफ्नो जति सम्पति छ त्यति यथार्थ रुपमा देखाउनुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोर्खा सैनिक र उनीहरूको परिवारका लागि काम गर्ने राजदूत श्रीवास्तवको प्रतिबद्धता
-
यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकियो
-
च्याम्पियन्स ट्रफी : केही मिनेटमै सकियो भारत र पाकिस्तानबिचको खेलको टिकट
-
किन बढ्यो डलरको मूल्य, नेपालमा कस्तो असर ?
-
उपप्रधानमन्त्री सिंहको ६ महिने उपलब्धि : दमक भ्युटावर उद्घाटन, धरहरा सञ्चालन
-
उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण प्रकरण : जिल्लाको फैसला उच्च अदालतद्वारा सदर