माओवादी जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न नारायणकाजीको निर्देशन
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिले आफ्नो सम्पति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन्। पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टीका सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गरेर पारदर्शिता देखाउनुपर्ने बताए ।
‘स्थानीय तहका सबै जनप्रतिनिधिहरुले सरकारी नियम र कानुनमा छ कि छैन थाहा छैन तर सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गर्नुपर्छ’ श्रेष्ठले भने, ‘कानुनले २ महिना भनेको छ भने एक महिनामै सम्पति सार्वजनिक गरौं । हरेक ६ महिना वा एक वर्षमा सम्पति कति हुन्छ त्यो पनि सार्वजनिक गरौं ।’ सम्पति सार्वजनिक गर्ने बेलामा अन्त पनि छ भन्ने सुन्न नपाइयोस् भन्दै उनले पारदर्शी बन्न निर्देशन दिए ।
‘सोभियत रुसमा क्रान्तिपछि व्यक्तिको नाममा कसैको सम्पति थिएन । नोकरशाहहरूले अर्कैको नाममा सम्पति राखे । त्यसैले व्यक्तिको नाममा दर्ता नहुनु मात्रै सम्पतिको मालिक नहुने भन्ने हुँदैन’ श्रेष्ठले भने, ‘त्यसैले जनप्रतिनिधि र उनका आफन्त कसैको नाममा सम्पति हुनुभएन । आफ्नो जति सम्पति छ त्यति यथार्थ रुपमा देखाउनुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण