बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठ उच्च माविका प्रअसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधबार, १८ जेठ २०७९, १८ : १३
बुधबार, १८ जेठ २०७९

पर्साको वीरगञ्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय, श्रीपुरका प्रधानाध्यापक सहित दुई जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र लेखा हेर्ने कर्मचारी राकेशमान श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले रातोपाटीलाई बताए । आर्थिक वर्ष २०६८–०६९ मा जिल्ला शिक्षा कार्यालयले प्रयोगशाला निर्माण, सामाग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माणवापत निकासा गरेको रकम प्रअ श्रेष्ठले हिनामिना गरेको आयोगको अनुसन्धानबाट थाहा भएको छ । फरक शीर्षकमा निकासा भएको रकमबाट श्रेष्ठले ९२ हजार दोहोरो तलब लिएको देखिएको छ ।

राकेशमान श्रेष्ठले लेखा सञ्चालन गर्ने हैसियतले एउटा शीर्षकमा विनियोजित रकम सम्वन्धित शीर्षकमा खर्च नगरी आफूखुशी खर्च गरेको पुष्टि भएको अनुसन्धानबाट थाहा भएको अख्तियारले जनाएको छ । श्रेष्ठलाई आयोगले २९ लाख ५० हजार बिगो कायम गरेको छ । बलराम श्रेष्ठसँग आयोगले ९२ हजार बिगो माग दावी लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप