बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

किसानले उत्पादन गरेका वस्तुको मुल्य सहजरुपमा पाउनुपर्छ : सचिव शर्मा

बुधबार, १८ जेठ २०७९, १८ : १०
बुधबार, १८ जेठ २०७९

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मुल्य सहज रुपमा पाउनुपर्ने बताएका छन् । बुधबार विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव डा. शर्माले किसानले उत्पादन गरेको वस्तुको मुल्य सहज रुपमा पाउनुपर्ने बताएका हुन् ।

उनले त्यसका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए । उपभोक्ताहरूले सहज रुपमा स्वच्छ र सफा दुध उपभोग गर्न पाउने अवस्था बनाउनुपर्नेमा उनले जोड दिए । उनले निर्धक्क भएर दुध उपभोग गर्न सक्ने अवस्था बनाउनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताए । उनले आगामी आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप