आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेशको नीति तथा कार्यक्रम स्थानीय सरकारको जस्तो भयो : सांसद श्रेष्ठ

बुधबार, १८ जेठ २०७९, १८ : ०१
बुधबार, १८ जेठ २०७९

विवेकशील साझा पार्टीका नेता एवम् बागमती प्रदेशसभा सदस्य बिराजभक्त श्रेष्ठले सरकारले आफ्नो नीति तथा कार्यक्रम स्थानीय सरकारको जस्तो भएको बताएका छन् । उनले सरकारले आफ्नो क्षेत्राधिकार बिर्सेर वडा तहमा समाजवादी कार्यक्रमको योजना ल्याएको बताए ।

उनले प्रदेश सरकारले वडा तहको कार्यक्रमको नाममा स्थानीय तहको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्न खोजेको बताए । वडा तहमा समाजवाद कार्यक्रम भन्दै प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार बिर्सन नहुने उनले बताए । सरकारले वातावरण चेन्ज र विपद् व्यवस्थापनका आयोजनाहरुमा पनि प्रयाप्त काम गर्ने नीति तथा कार्यक्रम ल्याउन नसकेको उनले बताए । सरकारले विपद् व्यवस्थापन र वातावरण चेन्जका क्षेत्रमा केही कार्यक्रम ल्याएको जस्तो देखिएको भएपनि त्यो प्रयाप्त र उपयोगी नभएको उनको भनाइ छ । सरकारले विपद् व्यवस्थापन र वातावरण चेन्जका योजनाहरुलाई शब्दमा मात्र खेल्न खोजेको उनले बताए ।

सांसद् श्रेष्ठले कृषि क्षेत्रको विकास यन्त्रिकरणले मात्र सम्भव नरहेकाले आधुनिकीकरण र प्रविधिकरण गर्न जरुरी रहेको बताए । कम जमिनको प्रयोग गरेर बढी उत्पादन गर्न तर्फ सरकारले योजनाहरु ल्याउनु पर्ने उनको भनाइ छ । ज्ञान ग्राम जस्तै युवामैत्री उद्यमशील ग्राम बनाउन जरुरी गर्नु पर्ने बताए । भाषा आयोगको सुझाव अनुसार प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई कामकाजको भाषाको रुपमा सम्बर्द्धन र प्रवर्द्धन गर्ने योजनाहरु ल्याउनु पर्नेमा उनले जोड दिए ।

नदी तथा खोला सरसफाइका योजनाहरु सरकारले ल्याउन नसकेको उनले बताए । सरकारले प्रदेशको नाम बागमती नदीबाट राख्ने तर नदी सरसफाईका योजनाहरुलाई वेवास्ता गर्न नमिल्ने उनले बताए । सरकारले ५ वर्षको अन्तिम समयमा केही हदसम्म गतिशिल र समयसापेक्ष नीति तथा कार्यक्रम ल्याउन सफल भएको र त्यसको कार्यन्वयन पक्ष भने चुनौतिपूर्ण रहेको बताए । उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षको आन्तरिक विवादका कारण जनताको समस्याहरु समाधान गर्ने थलो संसदमा पनि असर परेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप