आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चेम्बरका अध्यक्ष मल्ल र जापानका राजदूतबीच भेटवार्ता

बुधबार, १८ जेठ २०७९, १७ : ५०
बुधबार, १८ जेठ २०७९

नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापान समक्ष आग्रह गरेको छ । उद्योग, जलविद्युत, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकासँग आज भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानीको सुरक्षाका लागि आफुहरुले सरकारसँग पहल गर्ने बताए ।

उनले भने, ‘वैदेशिक लगानीको सुरक्षाका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जापानी लगानी सुरक्षण गर्न हामी प्रतिवद्धता जनाउ“छौं ।’

जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्र्दभमा अध्यक्ष मल्लले नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुहरुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गरे । नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जापानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार  राजदूत युताकासँग आग्रह गरे ।

जापानी निजी क्षेत्रसँग आफुहरुले सहकार्य गर्न चाहेको अध्यक्ष मल्लले बताए । अध्यक्ष मल्लले भने, ‘नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्ष पुरा भएको छ । जापानले जाईका लगायत आफ्ना विभिन्न दातृ निकायहरु मार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । दुई मुलुकबीच आर्थिक सम्वन्ध पनि उच्च छ । यसलाई व्यवसायिक गतिविधिमार्फत हामी अझै अघि बढाउन चाहान्छौँ ।’

सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै अध्यक्ष मल्लले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूत युताकासँग आग्रह गरे । राजदूतसँगको भेटमा चेम्बरका पदाधिकारीले पछिल्लो समय नेपालले विद्युतमा सहुलियत, निर्यात प्रबर्द्धनमा विभिन्न सहुलियत घोषणा गरेकाले अन्तर्राष्ट्रिय लगानीका लागि महत्वपूर्ण अवसर रहेको बताएका थिए ।

चेम्बर पदाधिकारीसँगको भेटपछि राजदूत युताकाले नेपाल र जापान बीचको दुई पक्षीय सम्बन्ध ऐतिहासिक भएको बताए । उनले भने, ‘दुई देशबीचको सम्वन्ध बलियो छ । यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहान्छौँ ।’ राजदूत युताकाले नेपालसँग आर्थिक र सामाजिक सवै तहमा सहकार्य जारी रहने प्रतिवद्धता समेत जनाए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप