बजेट अनुदान लक्षित छैन : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदान लक्षित नभएको बताएका छन् । बुधवार राष्ट्रियसभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षको बजेट चुनावलाई लक्षित गरेर नल्याइएको दोहो¥याउँदै बजेटमा पैसा बाँड्ने कुरा कतै नगरेको जिकिर गरे । मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा अनुदान बाँडिएको अभ्यासको झझल्को अहिले पनि आइरहेको व्यंग्य गरे । उनले प्रतिपक्ष दलहरूलाई बजेट अनुदान नदिनेमा ढुक्क हुन आग्रह गरे ।
मन्त्री शर्माले प्रतिपक्षले इण्डक्शन चुलो बाँडेर भोट साट्न खोजेको आरोप लगाइएको भन्दै प्रतिपक्षलाई पनि साथमा लिएर चुलो बाँड्ने कार्यक्रम बनाउने बताए । उनले इण्डक्शन चुलो निर्वाचनसँग केन्द्रित नभएको भन्दै चुलोमा राजनीति नगरेको स्पष्ट पारे । मन्त्री शर्माले नेपालको विद्युतीय संयन्त्रले २५ प्रतिशत मात्रै विद्युतीय उपकरणको प्रयोग धान्न सक्ने भएकोले त्यसै अनुसारका संरचनामा बजेटले जोड दिएको बताए । उनले इण्डक्शन चुलो बाँडेर भोट साट्ने कुरा सरकारको नरहेको बताए ।
अर्थमन्त्री शर्माले संरचनात्मक परिवर्तन प्रणालीका आधारमा सबै वर्ग र समुदायलाई समेटेर संविधानले प्रदान गरेका अधिकारहरूलाई कार्यान्वयन गर्न नयाँ सोचमा जानुपर्ने बताए । उनले पुरानो संसदीय मान्यताका आधारमा विरोधका लागि बिरोध गर्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिए । मन्त्री शर्माले देश ठूलो संकटमा गइरहेको कुरा उठिरहेको भन्दै देशको आर्थिक संकटलाई बजेट नै समाधानको अन्तिम विकल्प रहेको बताए । उनले सरकारले देशभरबाट जनताले दिएका गुनासाहरूका आधारमा नै बजेट निर्माण गरेको बताए ।
अर्थमन्त्री शर्माले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट जनताले प्रस्टरुपमा बुझिसकेको बताए । उनले जनताले बजेट कृषिमा जाने रहेछ भनेर कृषिमा लाग्नुपर्ने धारणा राखिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली विधानसभा चुनाव : १२ वर्षमा सबैभन्दा कम मतदान
-
त्रिवि सेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खोल्यो
-
सांसदहरूले सोधे– भारतले नेपाली भूभाग मिच्दा सरकार किन मौन ?
-
आईसीसी वरीयतामा अभिषेकको छलाङ
-
महान्यायाधिवक्ता कार्यालयको तीन निर्णय विवादमा
-
कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन