बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्राकृतिक प्रकोपलाई मध्येनजर गरेर नीति तथा कार्यक्रम ल्याउनुपर्छ : शाक्य

बुधबार, १८ जेठ २०७९, १७ : ३०
बुधबार, १८ जेठ २०७९

नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले सरकारले मौसम परिवर्तनमा ध्यान दिएर नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताइन् ।

बुधबार बसेको बागमती प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रदेशभित्रको हिम शृंखला, नदी नालाहरूको अवस्था, प्राकृतिक प्रकोपको अवस्थालाई मध्येनजर गरेर नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताइन् ।

क्लाइमेट चेन्जका कारण भइरहेका प्राकृतिक प्रकोपको जोखिमलाई न्यूनिकरण गर्ने प्रकृतिको नीति तथा कार्यक्रम बनाएर कार्यान्वयनमा जानुपर्ने उनले बताइन् । सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम व्यवारिसे हुने निश्चित रहेको पनि बताइन् । उनका अनुसार सरकारले जनताको लागि हितकारी योजनाहरु ल्याउन सकेन ।

सरकारले रुग्ण उद्योगहरुको अवस्थाका बारेमा जानकारी लिएर संचालनको योजना बनाउनु पर्नेमा जोड दिइन् । वर्तमान सरकारले केही हदसम्म रुग्ण उद्योग संचालनको योजनाहरु ल्याएको भए पनि त्यसको विस्तृत अध्ययन र वर्तमान अवस्थाबारे भने जानकारी नलिएको उनले बताइन् ।

उनले उद्योग क्षेत्रको विकासबाट बागमती प्रदेशको समृद्धि सम्भव रहको बताइन् । सरकारले महिला हिंसा मुक्त प्रदेश निर्माणमा अघि बढ्नु पर्नेमा उनले जोडिदिइन् । उनले सरकारले बनाएको महिला हिंसा विरुद्धको कानुनहरूको कार्यान्वयनमा अग्रसर पर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप