सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

अक्षय भन्छन्- म प्रधानमन्त्री बन्न योग्य छैन

बुधबार, १८ जेठ २०७९, १७ : १३
बुधबार, १८ जेठ २०७९

बलिउड अभिनेता अक्षय कुमारले पछिल्लो समयमा फरक कथाका फिल्ममा अभिनय गरिरहेका छन् । उनी अभिनित ऐतिहासिक फिल्म ‘सम्राट पृथ्वीराज’ रिलिजको तयारीमा छ । यी अभिनेता अहिले ‘सम्राट पृथ्वीराज’कै प्रमोसनमा व्यस्त छन् ।

हालै एक कार्यक्रममा अक्षय र निर्देशक डा.चन्द्रप्रकाश द्विवेदी उपस्थित भएका थिए । त्यहीबेला दर्शकदीर्घाबाट कसैले अक्षयलाई ‘तपाईं एकदिनका लागि प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्छ ?’ भनी सोधेका थिए ।

‘मेरो कट–आउट प्रधानमन्त्री बन्न योग्य छैन । म आफ्नै अभिनयको सानो संसारमा खुसी छु । हाम्रो प्रधानमन्त्री धेरै काम गर्नुहुन्छ । म त्यति धेरै काम गर्नसक्छु जस्तो लाग्दैन’, अक्षयले भनेका छन् ।

उनले आफ्ना लागि काम गर्न सक्ने भए पनि पूरा देश सम्हाल्न नसक्ने बताए । ‘फिल्मकै माध्यमबाट धेरै काम गर्न मलाई साथ मिलिरहेको छ’, अक्षयले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप