सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वनको उपयोग गरेर देशको विकास गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

बुधबार, १८ जेठ २०७९, १७ : ०५
बुधबार, १८ जेठ २०७९

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले विगतमा वनलाई धनको रुपमा परिणत गर्न सक्यौ वा सकेनौँ भन्ने कुराको समिक्षा गर्दै मुलुकको आर्थिक विकासका लागि त्यसको अधिकतम उपयोग गर्न ढिलाई गर्न नहुने समेत स्पष्ट पारे । 

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ‘हरियो वन, नेपाल धन’ भन्ने नारा यथार्थपरक भएपनि यसको प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन नसकिएकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रको सफल प्रयोग स्वरुप दोस्रो पटक स्थानीय तह निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै अव त्यसलाई बचाउँदै देश र जनताको हितका लागि आर्थिक विकास र समृद्धिको दिशामा अघि बढन अति आवश्यक रहेको बताए ।  

अध्यक्ष तिमिल्सिनाले नेपालमा वन, जंगल बढेपनि डढेलो र कटान गरेर विनाश हुने गरेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप