आज पनि घट्यो सेयर बजार, १ अर्बको कारोबार
आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.१९ अंकले घटेको छ । सरकारले बजेट प्रस्तुत गरेयता कारोबारमा आएको तेस्रो दिनमा पनि सेयर बजार ओरालो लाग्दै २१ सय ३० अंकमा आइपुगेको हो । यसक्रममा आज नेप्सेमा १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको ३० लाख २० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्सेमा आज ३ समूहबाहेक सबै समूह घटेका छन् ।
यस्तै, घटेका १० समूहमध्ये निर्जीवन बीमा समूहमा १५७ अंकको गिरावट र जीबन बीमा समूहमा १५५ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक र व्यापार समूहमा समान ३३÷३३ अंकको गिरावट आएको छ । लघुवित्त समूह १३ अंकले घट्दा होटल र टुरिजम समूह ९.३३ अंकले घटेको छ ।
सेयर बजार घटे पनि आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज ४८ रुपैयाँले बढ्दै कम्पनीको सेयर मूल्य ४८० रुपैयाँ प्रतिकित्ता पुगेको नेप्सेले जनाएको छ । यसैगरी, बलेफी जलविद्युत कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको सुधार आएको छ ।
यसैगरी, बजार घटेको दिन आज शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १०२ रुपैयाँले घट्दै प्रतिकित्ता ९२४ रुपैयाँमा आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी