सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बजेटमा प्रोत्साहनको कुरा छ, अनुदान छैन : अर्थमन्त्री शर्मा

बुधबार, १८ जेठ २०७९, १६ : ३३
बुधबार, १८ जेठ २०७९

अर्थमन्त्री जनार्दन शर्माले बजेट वितरणमुखी भएको भन्दै प्रतिपक्षले लगाएको आरोपको प्रतिवाद गरेका छन् । राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेटमा अनुदानको व्यवस्था नगरेको बताए ।

उनले भने, ‘किसानले धान उत्पादन वृद्धि गर्दा प्रोत्साहन पाउँछ, दुध उत्पादन बढाउँदा प्रोत्साहन पाउँछ,’ उनले भने, ‘कसलाई भोट हाल्ने भन्ने सोधेर प्रोत्साहन गर्ने कुरा होइन, प्रोत्साहन गर्ने भनेका छौं, अनुदानको व्यवस्था छैन ।’

उनले बजेट अझै सन्तुलित भइ नसकेको बताए । तर जहाँ हिजो कम बजेट थियो, त्यहाँ अलिकति बढाइएको उनले प्रस्ट पारे । उनले बजेट कस्तो लाग्यो, के लाग्यो भन्ने कुरा आ–आफ्नो कुरा भएको उल्लेख गर्दै सरकारले बजेटलाई बजेटकै स्वरुपमा ल्याएको बताए ।

उनले बजेटमा निर्यात बढाउन प्रोत्साहनको व्यवस्था गरिएको पनि बताए । विगतदेखि निर्यात भएका वस्तुलाई थप प्रोत्साहन गर्दै अन्य खानीजन्य वस्तु प्रशोधन गरेर पनि निर्यातका नयाँ वस्तु बढाउन सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप