बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगर कार्यपालिकामा एमालेको प्यानल विजयी

बुधबार, १८ जेठ २०७९, १६ : १६
बुधबार, १८ जेठ २०७९

पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आठैजना एमाले उम्मेदवार विजयी भएका हुन् । 

महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भए । उनीहरू सबैले ८६ मत पाए । 

दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका हुन् । दियालीले सर्वाधिक ८७ मत पाए । उनले एक मत गठबन्धनको खोसेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप