शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

ट्विनअटर दुर्घटनामा मृत्यु हुनेहरुको शव एकैपटक बुझाइने

शिक्षण अस्पतालमा पोष्टमार्टम गरिँदै
बुधबार, १८ जेठ २०७९, १४ : ५४
बुधबार, १८ जेठ २०७९

तारा एयरको ९ एन– ‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका चालक दलका सदस्यसहित २२ जनाको शव पोष्टमार्टम गरिँदैछ । जेठ १५ मा पोखराबाट उडेको ट्विनअटर सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव पोष्टमार्टम भइरहेको छ । समाचार तयार गर्दासम्म १० वटा शवको पोष्टमार्टम सकिएको छ । पोष्टमार्टम सकिएपछि एकैपटक मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गरिने प्रहरी प्रवक्ता (एसएपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘पोष्टमार्टम सकेर एकैपटक शव हस्तान्तरण गर्छौं ।’  

त्रिवि शिक्षण अस्पतालले प्रहरीको सहयोगमा शवलाई नम्बर अनुसार छुट्याएर पोष्टमार्टम गरिरहेको छ । अनुहार चिन्न नसकिने शवहरूलाई आफन्तको सहयोगमा कपडा र खतको आधारमा पहिचान गरिएको शिक्षण अस्पतालका एक चिकित्सकले रातोपाटीलाई बताए ।  

मंगलबार ८ वटा शव पोष्टमार्टम गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप