सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

चुनावमा अन्तर्घात गर्नेलाई एमालेले गर्यो कारवाही

बुधबार, १८ जेठ २०७९, १४ : ४४
बुधबार, १८ जेठ २०७९

नेकपा एमालेले निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्कीका तीन जना नेता कार्यकर्तालाई कारवाही गरेको छ । एमालेले कारवाही गरेकाहरूमा एमाले संगठित सदस्य मनोज पहारी, पोखरा ३३ वडा कमिटीका उपाध्यक्ष महेश अर्याल र पोखरा ३३ कै संगठित सदस्य प्रशान्त आचार्य छन् । 

उनीहरुलाई एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बुधबार विज्ञप्ति जारी गर्दै कारवाही गरेको जानकारी दिएका हुन् । पहारी र आचार्यलाई संगठित सदस्यबाट हटाउनुका साथै अर्याललाई वडा कमिटीको जिम्मेवारीबाट मुक्त र पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनीहरुमाथि निर्वाचनसँग जोडिएका अनेकौं विषयहरूका बारेमा पार्टीले अध्ययन गरेर कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप