राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आजदेखि धुलिखेलमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आजदेखि काभ्रेको धुलिखेलमा बस्दै छ । बैठक भोलिसम्म हुनेछ । मिराबल रिसोर्टमा बस्न लागेको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आगामी दुई तहको निर्वाचनको रणनीतिक तयारीबारे पनि छलफल हुने भएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले अध्यक्षता गर्ने बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता लोकेन्द्रबहादुर चन्द, पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू पनि सहभागी हुने प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए ।
राप्रपा यस पटक झापाको दमक नगरपालिकामा बाहेक अन्य स्थानीय तह निर्वाचनमा एक्लै निर्वाचनमा गएको थियो । एक्लै जाँदा पनि झापाकै हल्दिबारी गाउँपालिका, काठमाडौंको शंकरापुर नगरपालिकासँगै रुपन्देहीमा शिवराज नगरपालिका राप्रपाले जितेको छ ।
चार स्थानीय तह जिते पनि राप्रपाले जनलहर पार्टीको पक्षमा आएको निर्वाचनअघि दाबी गरिसकेको छ । तर, भोलिसम्म हुने केन्द्रीय कार्यसम्पादन समिति बैठकको निष्कर्ष के हुन्छ ? कुर्नुपर्ने भएको छ ।
निर्वाचनअघि राप्रपाबाट एक जना पूर्वअध्यक्ष कमल थापा भने अलग भएका छन् । उनी हाल राप्रपामा नेपालका अध्यक्ष छन् ।
उनी अलग भए पनि पार्टीको गत मंसिरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित ठूलो टिम र पूर्व दुई अध्यक्षसँगै एक जना पूर्वप्रधानमन्त्री चन्द पनि राप्रपामै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै