मोदीको अप्रुभल रेटिङ महामारीयताकै उच्च

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रुभल रेटिङ कोभिड–१९ महामारीयताकै उच्च देखिएको छ । लोकलसर्कलले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणले उनको लोकप्रियतामा उछाल देखाएको छ । भारत कोभिड लहरविरुद्ध लडिरहँदा मोदीले आफ्नो दोस्रो कार्यकालमा अपेक्षाहरू पूरा गरेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणमा सहभागी ६४ हजार मानिसमध्ये ६७ प्रतिशले मोदीले कठिन समयमा आफ्ना बाचा पूरा गरेको बताए । कोभिडका कारण अस्पताल र शवगृह अस्तव्यस्त हुँदा मोदीले आफ्ना बाचा पूरा गरेको ती सहभागीले बताए ।
मोदीको अप्रुभल रेटिङ सन् २०२१ मा ५१ प्रतिशत र २०२० मा ६२ प्रतिशत थियो । सोही समयमा भारत महामासँग लडिरहेको थियो । के भारत सरकार कोभिड–१९ संक्रमणको तेस्रो लहरलाई ह्यान्डल गर्न राम्रोसँग तयार थियो ? भन्ने प्रश्नको जबाफमा अधिकांश सहभागीले सकारात्मक जवाफ दिएका थिए ।
३७ प्रतिशतले बेरोजगारी व्यवस्थापनमा सरकारमाथि विश्वास बढेको बताए भने ७३ प्रतिशतले भारतमा आफ्नो र आफ्नो परिवारको भविष्यप्रति आशावादी रहेको बताए । त्यस्तै, ५० प्रतिशतले भारतमा व्यवसाय गर्न सहज भएको बताएका थिए भने ६० प्रतिशतले साम्प्रदायिक सद्भाव सुधार गर्न सरकार प्रभावकारी भएको उल्लेख गरे ।
यो मूल्यांकन मोदी सरकारको लागि सुखद सावित हुनेछ । सन् २०२४ मा हुने लोकसभा निर्वाचनमार्फत मोदी नेतृत्वको भाजपा पुनः शक्तिमा आउने दाउमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै
-
लोसपामा फेरि थपिए ६ जना केन्द्रीय सदस्य
-
सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु, छोरी घाइते