कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भए आफ्नो सम्पत्ति सरकारलाई दिने श्रीवास्तवको घोषणा
बुधबार, १८ जेठ २०७९, १३ : ०९
लोसपा सांसद विमल श्रीवास्तवले सरकारले वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गरे आफ्नो नाममा भएको घर सरकारका नाममा गरिदिने घोषणा गरेका छन् । बुधबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद यादवले बजेटमार्फत सरकारले वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने घोषणा गरेकोमा स्वागत समेत गरे ।
‘यदि यो साल वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चलन हुन्छ भने म त्यति सम्पन्न व्यक्ति त होइन’, उनले भने, ‘मसँग पैसा पनि छैन । तर यो सञ्चालन भयो भने मेरो एउटा घर छ त्यो घर कि त सरकारलाई गर्दिन्छु कि त्यो बेचेर त्यो पैसा दिने आजको सभामा प्रतिज्ञा गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्ताको समस्या समाधानमा उच्च तहबाट आँट गर्नुपर्छ
-
२२ वर्षीय युवक : अनलाइन मार्फत ठगेर काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स
-
सभामुखले बोलाए प्रमुख दलका मुख्य सचेतकलाई छलफलमा
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
वर्षा कुँवरले जितिन् ‘मिसेस ब्युटी क्विन नेपाल २०२५’को ताज