मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

राजेन्द्र लिङ्देनको प्रश्न : एक घण्टामा चितवन पुग्ने आधार के हो ?

बजेट निर्वाचन केन्द्रीत भएको टिप्पणी
बुधबार, १८ जेठ २०७९, १३ : ००
बुधबार, १८ जेठ २०७९

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको आर्थिक संकट र मूल्यवृद्धि रोक्नेतर्फ बजेट नभएको नआएको बताएका छन् । बजेट निर्वाचन केन्द्रीत भएको उनको टिप्पणी छ। बुधबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटका स्रोत सुनिश्चित नभएकाले परम्परागत शैलीभन्दा फरक नभएको बताए । 

‘यो बजेट केवल निर्वाचन लक्षित छ । बजेको स्रोत के हो ? कार्यान्वयनका आधार के हुन् ? केही छैन । सदाझैँ  बजेट आम्दानी, अनुदान र ऋण लिइन्छ होला भनेर बजेट बनाइएको छ’, उनले एक घण्टामा चितवन पुग्ने आधार के हो भन्दै प्रश्न गरे । सरकारले बजेटमा चन्द्रागिरी-चित्लाङ-चितवन द्रुतमार्ग बनाउने र त्यसपछि एक घण्टामा चितवन पुग्न सकिने बताएको थियो । 

बजेटलाई ललिपपको संज्ञा दिदै उनले हेटौँडा कपडा उद्योगका कपडा लगाउने भनेर भनिएपनि उत्पादन हुने ठेगान नरहेको बताए । त्यस्तै उनले इन्डक्सन चुलो गरिवहरुलाई बाँड्ने भनिएपनि त्यो कमिसनबाहेक अन्य केही नरहेको बताए ।

 बजेटका कतिपय कुराहरु गर्न नसक्ने विषय भएको भन्दै त्यस्ता विषय सकिन्छ भने हटाउन सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप