सुरु भयो माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण, तस्बिरमा हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा बुधबारदेखि राजधानीमा प्रशिक्षण दिन थालेको छ । माओवादीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो ।
माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौँ कुमारी हलमा राखेर दुई राखेर सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन थालेको पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले बताए । बुधबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन सहित प्रशिक्षण दिएपछि बिहीबार वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समापन गर्ने कार्यक्रम रहेको छ ।
प्रशिक्षकको रुपमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, उर्मिला अर्याल, देव गुरुङ, मुक्ति प्रधान लगायत नेताहरु छन् । विषय विज्ञको रुपमा लीलामणि पौडेल, मीनबहादुर श्रेष्ठ, डा रामकुमार फुयाल, शैलेन्द्र गिरी लगायत व्यक्तिलाई बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ वर्षमा कोशी प्रदेशसभा : मुख्यमन्त्री भन्छन्, ‘अब दुःखी आत्माजस्तो मगन्ते हुँदैनौँ’
-
गोर्खा सैनिक र उनीहरूको परिवारका लागि काम गर्ने राजदूत श्रीवास्तवको प्रतिबद्धता
-
यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकियो
-
च्याम्पियन्स ट्रफी : केही मिनेटमै सकियो भारत र पाकिस्तानबिचको खेलको टिकट
-
किन बढ्यो डलरको मूल्य, नेपालमा कस्तो असर ?
-
उपप्रधानमन्त्री सिंहको ६ महिने उपलब्धि : दमक भ्युटावर उद्घाटन, धरहरा सञ्चालन