बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

गुरुकुलमा ‘कोही किन बर्बाद होस्’ मञ्चन

बुधबार, १८ जेठ २०७९, १२ : ३९
बुधबार, १८ जेठ २०७९

बालबालिकाको शिक्षा र विकासमा अभिभावकको दायित्व र महत्त्व बुझाउने नाटक ‘कोही किन बर्बाद होस्’ थापागाउँस्थित गुरुकुल (कुञ्ज थिएटर) मञ्चन भइरहेको छ । गत ११ गतेदेखि सुरु भएको नाटकले राम्रो दर्शक पाइरहेको गुरुकुलका संचालक सुनिल पोखरेलले बताए ।

‘‘कोही किन बर्बाद होस्’ हाम्रो शिक्षा प्रणालीमा आधारित बालबालिका लक्षित नाटक हो’, पोखरेलले भने, ‘त्यसैले नाटक हेर्ने दर्शकमा विद्यार्थी धेरै देखिएका छन् ।’ नाटकमा शनिबार तीन शो र अन्य दिन एक शो हुने गरेको छ । २०७१ मा मण्डला थिएटरले समेत मञ्चन गरेको यो नाटक वि.सं. २०१५ सालतिर नै विजय मल्लले लेखेका हुन् । नाटकले बालबालिकाको शिक्षण प्रणालीमा अभिभावकसँगै विद्यालयका शिक्षकको भूमिका समेत दर्शाएको छ ।

नाटकका परिकल्पनाकार तथा निर्देशक रंगकर्मी चे शंकर हुन् । २१ जेठसम्म मञ्चन हुने नाटकमा सुनील पोखरेल, सुवास तिमिल्सिना, सुशान्त घिमिरेको अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप