मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

गुठीचौर गाउँपालिकाको स्कार्पियोलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिने

बुधबार, १८ जेठ २०७९, ११ : ५६
बुधबार, १८ जेठ २०७९

जुम्लाको गुठीचौर गाउँपालिकाले आफ्नो गाडी स्कार्पियोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । एम्बुलेन्सको व्यवस्था नहुँदासम्म गाउँपालिकाले स्कार्पियोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको हो ।

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले गाउँपालिकाको गाडी एम्बुलेन्स नआउँदासम्म बिरामी बोक्न प्रयोग गर्ने निर्णय गरेको बताए । ‘गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छैन । बजारदेखि गुठीचौर गाउँपालिका टाढा छ । त्यसैले गम्भीर खालका बिरामीको सहजताका लागि गाउँपालिकाको गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने । उनले गाउँपालिकाले तत्काल एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाउन लागेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप