बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

'विद्युतीय गाडीमा किन कर वृद्धि गरियो ?'

बुधबार, १८ जेठ २०७९, ११ : ५४
बुधबार, १८ जेठ २०७९

नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विद्युतीय गाडीमा किन कर वृद्धि गरेको भनेर सरकारमाथि प्रश्न गरेका छन् । नवीकरणीय ऊर्जा (विद्युत) खपतलाई प्रोत्साहन गर्दै पेट्रोलियम गाडीको आयात घटाउने भनिएपनि सो नीति विपरित सरकारले विद्युतीय गाडी आयातमा नै कर वृद्धि गरेको उनले बताए । 

‘अन्तःशुल्क कर वायु प्रदुषण गर्ने गाडीमा लगाइने हो । विद्युतीय गाडीले यस्तो प्रदुषण नै गर्दैन त किन कर वृद्धि गरियो ?’ पाण्डेले भने, ‘यो त आफ्नै नीति विपरित भएन र ?’

सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत विद्युतीय गाडीमा समेत न्यूनतम १० प्रतिशतदेखि २० प्रतिशतसम्मले अन्तःशुल्क कर वृद्धि गरेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप