सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इटाली र अर्जेन्टिना भिड्दै

बुधबार, १८ जेठ २०७९, ११ : ३५
बुधबार, १८ जेठ २०७९

युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच आज बुधबार राति प्रतिस्पर्धा हुँदैछ । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ ।

‘फाइनलसिमा’ प्रतियोगिताअन्तर्गत तेस्रो संस्करणको फाइनलमा दुई टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।  विश्वकपअघि भिड्न लागेको अर्जेन्टिना तेस्रो संस्करणको उपाधि जित्ने योजनामा छ । इटाली डिफेन्डर जर्जियो चिलिनी अन्तिम अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्दैछन् । उनले यस खेलबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेछन् ।

लियोनल मेस्सीको कप्तानीमा उत्रने अर्जेन्टिना विश्वकप फुटबल अघि उपाधि जित्ने योजनामा छ ।​ वेम्बलीमा भएको फाइनलमा इटालीले इङ्ल्यान्डलाई ३–२ गोलले हराएर युरो २०२० को उपाधि जितेको थियो । अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप