सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु, चितवनमा पैदल यात्रुलाई ठक्कर दिएर गाडी फरार

बुधबार, १८ जेठ २०७९, १० : ३०
बुधबार, १८ जेठ २०७९

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । चितवन, धनकुटा र सप्तरीमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।

धनकुटाको धनकुटा नगरपालिका–६ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । 

धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल गएराती २ बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसैगरी सप्तरीको कञ्‍चनरुप नगरपालिका–१२ मा गएराति बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गएराती ९ बजे पैदल यात्रीलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा संलग्न बस सहित चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ । यसैबीच चितवनको इच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा करिब ३५  वर्षीय पुरुष रहेका छन् ।  मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन् ।  नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो । 

दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजीकार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप