बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

केकेको अनुहार र टाउकोमा चोट देखियो, प्रहरीद्वारा ‘असामान्य मृत्यु’को मुद्दा दर्ता

बुधबार, १८ जेठ २०७९, १० : १७
बुधबार, १८ जेठ २०७९

भारतका चर्चित गायक केके (कृष्ण कुमारा कुन्नथ) को मंगलबार अचानक निधन भएका ेछ । उनी कोलकातामा एक लाइभ शो गरिरहेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार शोपछि उनको स्वास्थ्य अचानक बिग्रियो र उनलाई तुरुन्त अस्पताल लगियो जहाँ उनलाई मृत घोषित गरियो । डाक्टरले यसलाई कार्डियक अरेस्टका कारण भएको निधन बताइरहेका छन् । यद्यपि, मृत्युको वास्तविक कारणको खुलासा पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै हुने पनि बताइएको छ ।

यता प्रहरीले यो मामिलामा असामान्य मृत्युको मुद्दा दर्ता गरेकाे छ । प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले केकेको अनुहार र टाउकोमा चोट देखिएको बताएको छ । होटलका कर्मचारी र कन्सर्ट आयोजकसँग प्रहरीले लगातार सोधपुछसमेत गरिरहेको छ ।

 यसैबीच केकेको परिवार बुधबार बिहान कोलकाता पुगेको छ । परिवारको अनुमति पछि गायकको पोस्टमार्टम गरिनेछ ।

गायकको मृत्युमा नेताले उठाए प्रश्नः

नेता दिलिप घोषले गायकको निधनको विषयमा पश्चिम बंगाल सरकारमाथि प्रश्न उठाएका छन् । उनले भनेका छन्, ‘कन्सर्टमा अत्यधिक भीड थियो र एसी बन्द थियो । यसै कारण केकेको स्वास्थ्य बिग्रिएको पनि हुनसक्छ । मानिसहरुमा सेलिब्रिटीबारे उत्साह हुन्छ, प्रशासनको काम सेलिब्रिटीको सुरक्षा दिनु हो ।’

कन्सर्टका बेला केकेलाई भइरहेको थियो समस्या ?

सोसल मिडियामा केकेका केही भिडियो भाइरल भइरहेको छन् जसमा उनी आफ्नो प्रस्तुतीका बेला समस्यामा भएको देख्न सकिन्छ । अर्को भिडियोमा केकेलाई हतारमा लैजादै गरिएको देखिएको थियो । भिडियोमा केही मानिसले उनलाई समातेर लगिरहेका थिए ।

कन्सर्टको फुटेजमा अव्यवस्था र खराब व्यवस्थापन देखिएको सामाजिक सञ्जालमा बताइँदै छ । यो अव्यवस्थाका कारण भीडमाथि फायर एक्सटिङगुइसर स्प्रे गरिएको थियो । केकेको स्वास्थ्य खराब हुनुमा यसलाई पनि महत्वपूर्ण मानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप