कटहरिया नगरपालिकामा काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित

रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् । मंगलबार भएको चुनावी प्रक्रिया अनुसार कार्यपालिका सदस्यमा काँग्रेसका सबै ८ जना उम्मेदवार निर्वाचित भएका हुन।
कार्यपालिका सदस्यको जिम्मेवारी पाउनेहरूमा जनजाति अल्पसङ्ख्यकबाट मनोज कुमार जयसवाल, दिलीप कुमार जयसवाल र जामुन ठाकुर हजाम रहेका छन् । त्यसैगरी निर्वाचित दलित तथा महिला सदस्यहरूबाट शान्ति कुमारी ,शोभा देवी, श्रीपती चमैन, सोनी देवी, बुधीया देवी गरी ८ जना रहेको निर्वाचन अधिकृत रामचन्द्र लुइँटेलले जानकारी दिएका छन् । कार्यपालिका सदस्यको निर्वाचनमा एमाले बाट उम्मेदवारी दिएका हेमप्रसाद साह पराजित भएको अधिकृत लुइँटेलले बताए ।
यस अघि कटहरिया ४ का एमालेबाट निर्वाचित वडा अध्यक्ष चन्दन कुश्वाहाले निर्वाचन अधिकृतका कारण एमाले समर्थित ४ जना मानिस कार्यपालिकाको उम्मेदवारी बाट वञ्चित भएको आरोप लगाएका थिए । लुइँटेलले भने निर्धारित समयमा न आएको कारण उम्मेदवारी दिन नसकेको प्रतिक्रिया दिएका थिए ।
गत ३० गते भएको निर्वाचनमा कटहरिया नगरपालिकामा काँग्रेस पार्टीबाट मेयरमा अजय प्रकाश जयसवाल, उपमेयरमा रिता देवी यादवका साथै ४ जना वडा अध्यक्ष तथा २६ जना सदस्य निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी